२९ कार्तिक २०८१, बिहिबार

रुपन्देहीमा मंसिर ४ गतेसम्म मदिरा किनबेच र सेवनमा रोक

प्रकाशित मिति :  7 November, 2022 11:33 am


रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबारदेखि मदिरा बिक्रीवितरण र सेवनमा रोक लगाएको छ ।

जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले एक सूचना जारी गर्दै मंसिर ४ गतेसम्म सम्मका लागि मदिरा किनबेचमा प्रतिबन्ध लगाएको जानकारी गराएको हो ।

मंसिर ४ गते हुन गइहेको निर्वाचनमा निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन निर्वाचनको १५ दिन अगाडिको प्रचारप्रसार अवधिमा मदिरा बिक्री वितरण र सेवनमा निषेध गरिएको सूचनामा उल्लेख गरिएको छ ।

उक्त अवधिमा मदिरा सेवन तथा विक्री वितरण र सेवन गरेको पाइएका कानुन बमोजिम कारवाही गरिने सुचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !