११ मंसिर २०८१, मंगलबार

रोल्पाको सुनिलस्मृति गाउँपालिकाद्वारा कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा राेक

प्रकाशित मिति :  7 November, 2022 4:48 pm


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले कार्यालय समयभित्र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ ।

कार्यालय समय अवधिभर फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाइएको गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए ।

अध्यक्ष बुढाथोकीले भने,“कार्यालयको सेवा प्रवाहलाई थप छिटो छरिटो बनाउन कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोग गर्न नदिर्ने निर्णय भएको हो ।”

सामाजिक सञ्जालमा रोक लगाएपछि सेवाग्राहीहरूलाई छिटोछरितो सेवा प्रवाहमा थप मद्दत पुग्ने गाउँपालिकाको विश्वास छ ।

अध्यक्ष बुढाथोकीले भने,“सामाजिक सञ्जाल खुल्ला राख्दा सेवा प्रवाहमा परे जस्तो भयो त्यसैले यो हप्तादेखि सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएका हौं ।”



प्रतिक्रिया दिनुहोस !