३ आश्विन २०८१, बिहिबार

गायक प्रकाश दुतराजद्वारा अष्ट्रेलियामा आत्महत्याको प्रयास

प्रकाशित मिति :  7 November, 2022 5:36 pm


काठमाडौं । सांगितिक कार्यक्रमको लागि अष्ट्रेलिया पुगेका गायक प्रकाश दुतराजले आत्महत्याको प्रयास गरेका छन् । अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले स्थानीय समयअनुसार आइतबार राति आफू बसेको होटलमै सलको पासो लगाएर झुण्डिने प्रयास गरेको स्रोतले जनाएको छ ।

आयोजकले दुतराज र उनीसँगै गएकी गायिका भूमिका गिरीलाई बस्नको लागि एउटा फ्ल्याट बुक गरिदिएको थियो । दूतराजले सलको पासो लगाएर झुण्डिने प्रयास गरेका गायक दुतराज बसेको ढोका पनि खुल्लै भएको जनाइएको छ । कोठाबाट आवाज आएपछि गायिका गिरीले दूतराजको कोठामा पसेर उद्धार गरेको स्रोतले जानकारी दियो ।

दूतराज अहिले सामान्य अवस्थामा छन् । अन्तर्मुखी स्वभावका दूतराजले आत्महत्या प्रयास गुर्नको कारण खुलेको छैन ।

गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । सिड्नीमा हुन लागेको एक सांगीतिक कार्यक्रमपछि दूतराज र भूमिका गिरी नेपाल फर्कने तयारीमा छन् ।

दूतराजका जाम भो माइली, घर कता हो बैनीको, चोली मैलै भो, मन भुल्छ लगायत गीत चर्चित छन् । केही दिनअघि रिलिज भएको उनको गीत ‘देउरालीमा’ पनि चर्चामा छ ।



प्रतिक्रिया दिनुहोस !