११ कार्तिक २०८१, आइतबार

आत्महत्या प्रयासबारे गायक दूतराजको स्पष्टीकरण : ‘केही छिन हराउनु मर्नु हैन नि’

प्रकाशित मिति :  8 November, 2022 9:25 am


काठमाडौं। गायक प्रकाश दूतराजले अस्ट्रेलियामा आत्महत्याको प्रयास गरेको समाचारबारे खण्डन गरेका छन् । आफू केही बेर हराएको घटनालाई लिएर आत्महत्या प्रयास गरेको भनी अतिरञ्जित गरिएको उनले गुनासो गरेका छन् ।

सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया पुगेका दुतराजले आइतबार आत्महत्याको प्रयास गरेका समाचारहरूको खण्डन गरेका हुन । सामाजिक संजाल मार्फत उनले आफूले आत्महत्या नगरेको स्पष्टीकरण दिएका छन् ।

आत्महत्या प्रयासको समाचार सार्वजनिक भएपछि आमाले फोन गरेको स्मरण गर्दै उनले आफूलाई माया गर्ने तमाम सुभेक्षुक र आफन्तको मायालाई लत्याएर आफूले त्यस्तो निर्णय लिन नसक्ने प्रस्ट पारेका छन् । गलत बुझाई तथा सूचनाको आधारमा प्रकाशित समाचारहरूले पर्न गएको असरप्रति माफी समेत मागेका छन् ।



प्रतिक्रिया दिनुहोस !