३ आश्विन २०८१, बिहिबार

बिमा समिति आजदेखि ‘बिमा प्राधिकरण’मा रूपान्तरण

प्रकाशित मिति :  8 November, 2022 1:20 pm


काठमाडौं । बिमा व्यवसायीहरूको नियमनकारी निकाय बिमा समिति आजदेखि ‘बिमा प्राधिकरणमा रूपान्तरण’ भएको छ । आज कात्तिक २२ गतेबाट नयाँ बिमा ऐन, २०७९ लागू भएसँगै बिमा समिति पनि ‘नेपाल बिमा प्राधिकरण’मा रूपान्तरण भएको हो।

समितिमा मंगलबार एक कार्यक्रमका बिच समिति प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गरिएको छ । बिमा समितिले गर्दै आएका काम अब प्राधिकरणमार्फत हुनेछन् ।

बिमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बिमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियोे । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बिमा समिति प्राधिकरण बनेको हो ।

ऐनको व्यवस्थाअनुसार हाल कायम समितिका अध्यक्षलगायत सञ्चालकहरूले स्वतः प्राधिकरण सञ्चालकमा निरन्तरता पाउनेछन् । यस्तै समितिका कर्मचारी र यसले गर्दै आएको काम कारबाहीको दायित्व पनि स्वतः प्राधिकरणमा सर्नेछ ।



प्रतिक्रिया दिनुहोस !