३ आश्विन २०८१, बिहिबार

घाँस काट्न गएका पुरुष खोलामा मृत फेला

प्रकाशित मिति :  9 November, 2022 8:49 am


सोलुखुम्बु । सोलुखुम्बुमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन् । सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्नासाका ४० वर्षीय एकबहादुर कार्कीको शव मंगलबार सोलुखोलामा भेटिएको हो।

कार्की यही कात्तिक १९ गते घरबाट घाँस काट्न निस्केका थिए। त्यसयता उनी बेपत्ता थिए। घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा उनी खोलामा मृत फेला परेको उनका दाजु धनबहादुर कार्कीले जानकारी दिए।

कार्कीले बोकेको हँसिया र नाम्लो खोला किनारमा भेटिएको सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका वडाध्यक्ष टंकबहादुर कार्कीले बताए। घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामकिशोर साहले बताए। रासस



प्रतिक्रिया दिनुहोस !