स्याङ्जा २ (क) का प्रदेश सभा उम्मेदवार भट्टराईको उम्मेदवारी निष्कृय
स्याङ्जा । स्याङ्जा २ (क) का नेकपा (एकीकृत समाजवादी)का प्रदेश सभा उम्मेदवार रामचन्द्र भट्टराईले उम्मेदवारी निष्कृय बनाएको घोषणा गरेका छन् ।
भट्टराईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानिय नेता कार्यकर्ता , समर्थक र शुभचिन्तकको सुझाव र पार्टी अध्यक्ष माधव कुमार नेपालको निर्देशन बमोजिम उम्मेदवारी निष्कृय बनाएको उल्लेख गरेका छ्न् ।
उनले विज्ञप्तिमा भनेका छन्, “मेरो उम्मेदवारी प्रति जिज्ञासा चासो राख्ने समस्त स्याङ्जावासी समर्थक, शुभेच्छुक मित्रवद पार्टी र म आफू रहेको पार्टी र नेता कार्यकर्ताहरु प्रति आभारी हुँदै जननिर्वाचित प्रतिनिधिको हैसियतले यहाँहरुको दुःख र अफ्ठयारोमा सधैभरी साथ सहयोगमा रहेर सेवा गर्ने प्रतिवद्धता र प्रण गर्दछु ।’’
सत्ता गठबन्धनले स्याङ्जा क्षेत्र नं २ क मा सुरूमा भट्टराईको नाम सिफारिस गरेको थियो । मनोनयन दर्ताका दिन समाजवादीका उम्मेदवार भट्टराईले गठबन्धनको साझा उम्मेदवार आफूनै भएको बताउँदै सुरूमै उम्मेदवारी दर्ता गराएका थिए । केही समयपछि नेपाली काँग्रेसका उम्मेदवार भोजराज अर्यालले पनि उम्मेदवारी दर्ता गराएका थिए ।