२ माघ २०८१, बुधबार

म प्रधानमन्त्री बन्न यो निर्वाचन जित्नैपर्ने कुरा मतदातालाई बुझाउन जरुरी छ : थापा

प्रकाशित मिति :  9 November, 2022 2:13 pm


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नको लागि आफूले चुनाव जित्नै पर्ने बताएका छन् । बुधबार काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को घरदैलो कार्यक्रममा अबको प्रधानमन्त्रीको दाबेदार भएको हुनाले आसन्न निर्वाचनमा चुनाव जसरी जित्नुको विकल्प नरहेको बताए ।

‘हाम्रोमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छैन’ थापाले भने ‘हामी अहिले सांसदका लागि लडेका छौँ, त्यसपछि संसदीय दलको चुनाव हुन्छ, त्यसका लागि म लड्ने हो। जित्ने हो, त्यसपछि जो नेपाली कांग्रेसको संसदीय दलको नेता हुन्छ, त्यही प्रधानमन्त्रीको उम्मेदवार हुने हो।’

थापाले यो निर्वाचनबाट जित निकालेर नेपाली कांग्रेसको संदसदीय दलको नेता पनि जित्ने ठोकुवा गर्दै कांग्रेसबाट भावी प्रधानमन्त्रीको रूपमा अगाडि बढ्ने बताए । अब कांग्रेसबाट जो संसदीय दलको नेता बन्छ उ नै देशको प्रधानमन्त्री बन्ने जिकिर गरे ।

अहिले मतदाताहरुलाई म प्रधानमन्त्री बन्नको लागि मंसिर ४ गतेको निर्वाचन जितेर पनि पहिले सांसद बन्नुपर्ने कुरा बुझाउन जरुरी रहेको थापाले बताए ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने कुरामा आम नागरिकको साथ रहेको र त्यसलाई आफूले पूरा गर्ने प्रतिवद्धता जनाए।



प्रतिक्रिया दिनुहोस !