३ आश्विन २०८१, बिहिबार

यी प्रदेशमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना

प्रकाशित मिति :  10 November, 2022 7:49 am


काठमाडौं । हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना रहेको छ।

त्यस्तै राति देशका पहाडी भू-भागका एक\दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !