यस्तो छ अघिल्लो संस्करणको उपविजेता क्रोएसियाको विश्वकप खेल्ने टोली
काठमाडौं । अघिल्लो संस्करणको उपविजेतामा रोकिएको क्रोएसियाले कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि अन्तिम टोली घोषणा गरेको छ ।
अनुभवी मिडफिल्डर लुका मोड्रिचको कप्तानीमा प्रशिक्षक ज्लात्को डालिचले विश्वकप २०२२ का लागि २६ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
समूह एफमा क्रोएसियाले पहिलो खेल मंसिर ७ मा मोरक्कोको सामना गर्नेछ। क्रोएसियाको रहेको समूह एफमा बेल्जियम, मोरोक्को र क्यानडा छन्।
यस्तो छ क्रोएसियाली टोली:
गोलरक्षक: डोमिनिक लिभाकोभिच, इभिका इभुसिच, इवो ग्रिबिच
डिफेन्डर: डोमागोज भिडा, डेजान लोभ्रेन, बोरना बरिसिच, जोसिप जुरानोभिच, जोस्को भार्डीओल, बोरना सोसा, जोसिप स्टानीसिच, मार्टिन एर्लिच, जोसिप सुटालो
मिडफिल्डर: लुका मोड्रिच(कप्तान), मटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, मारियो पासालिच, निकोला भ्लासिच, लोभ्रो माहेर, क्रिस्टियन जाकिच, लुका सुचिच
फरवार्ड: इभान पेरिसिच, आन्द्रे क्रामारिच, ब्रुनो पेक्टोभिच, मिस्लाभ ओर्सिच, आन्टे बुडिमिर, मार्को लिभाजा