२६ पुस २०८१, शुक्रबार

एमालेले जहाँ टेक्यो त्यही विकास हुन्छ : ओली

प्रकाशित मिति :  10 November, 2022 3:40 pm


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुने बताएका छन् ।

बिहीबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी विकास गर्न जन्मेको भन्दै एमालेले जहाँ छोयो, जहाँ टेक्यो त्यहाँको विकास भएको दावी गरेका हुन् ।

‘हाम्रो पार्टी देशमा परिवर्तन ल्याउन बनेको पार्टी हो । ओलीले भने हाम्रो पार्टी शान्ति सुव्यवस्था र लोकतन्त्रका लागि बनेको, लडेको र लोकतान्त्रिक गणतन्त्र ल्याएको पार्टी हो । अब यी उपलब्धीहरुको रक्षा यसै पार्टीले गर्छ’।

सम्बोधनका क्रममा उनले भने, ‘एमालेले जहाँ टेक्यो त्यहाँ विकास भएको कुरा हामीले त्यो कुरा घोषणापत्रमा सबै लेखेका छौँ । मुख्य मुख्य सबै कुरा लेखेका छौँ । सबै समेट्न सकेका छैनौँ ।’

उनले धरहरा, रानीपोखरी, वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायर पुरानै ढाँचामा बनाएको भन्दै उनले जनकपुरमा एमालेकै कारण नेपालको आफ्नै रेल चल्न थालेको समेत बताए ।

उनले गठबन्धनसँग देश बनाउने कुनै कार्यक्रम नै नभएको भन्दै गठबन्धन कायम राख्ने भनेका दलहरूले आआफ्नै घोषणापत्र जारी गरेको बताए । उनले अब नेपालमा फुटेका हाडीका खपटा जोडे जसरी जोडेर सरकार नबन्ने भन्दै राष्ट्रिय शक्ति आवश्यक रहेको र त्यो गर्न सक्ने एमाले मात्रै रहेको दावी गरे ।

चुनावपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्दै ओलीले एमाले सरकारले गरेका अपूरा काम पूरा गर्न पनि सरकारमा आउनै पर्ने बताए ।

त्यस्तै ओलीले राप्रपासँग एमालेले केही स्थानमा चुनावी तालमेल गरेको भन्दै भएको सहमतिको पालना गर्न एमाले प्रतिवद्ध रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !