२ माघ २०८१, बुधबार

भारतलाई १० विकेटले हराउदै इंग्ल्यान्ड फाइनलमा

प्रकाशित मिति :  10 November, 2022 5:08 pm


काठमाडौं । इङ्ल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार एडिलेडमा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।

अब आइतबार अस्ट्रेलियाको मेलबर्नमा हुने फाइनल खेलमा इंग्ल्यान्डले पाकिस्तानको सामना गर्नेछ । हारसँगै भारत प्रतियोगिताबाट निराशाजनक रूपमा बाहिरिएको छ ।

एडिलेट ओभलमा भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभर विना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । इङ्ग्ल्यान्डका लागि आलेक्स हेल्स र जोस बट्लरले अर्धशतकीय पारी खेले ।

हेल्सले ४ चौका र ७ छक्का प्रहार गर्दै ८६ रन बनाए । त्यस्तै जोस बट्लरले ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए । हेल्स र बट्लरको टी–ट्वान्टी विश्वकपमा सर्वाधिक साझेदारी हो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रनको सम्माजनक लक्ष्य प्रस्तुत गरेकाे थियो ।

भारतका लागि हार्दिक पाण्डेयले सर्वाधिक ६३ रन बनाए । विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । इङ्ग्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !