३ आश्विन २०८१, बिहिबार

महानगर क्षेत्रमा खुला रूपमा आगो बाल्न र फोहोर जलाउन निषेध

प्रकाशित मिति :  11 November, 2022 12:36 pm


काठमाडौं । काठमाडौँ महानगर क्षेत्रमा खुला रूपमा आगो बाल्न र फोहोर जलाउन निषेध गरिएको छ। काठमाडौँ महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै नगर क्षेत्रमा खुला रूपमा आगो बाल्न र फोहोर जलाउन निषेध गरेको हो ।

खुला रूपमा आगो बाल्दा र फोहोर जलाउँदा वायु प्रदूषण बढ्ने र जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भएको त्यस्ता कार्य गर्न निषेध गरिएको महानगरले स्पष्ट पारेको छ।

त्यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने पनि महानगरले चेतावनी दिएको छ।



प्रतिक्रिया दिनुहोस !