२६ पुस २०८१, शुक्रबार

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

प्रकाशित मिति :  13 November, 2022 2:31 pm


काठमाडौं । पोखरा क्षेत्रका अटोमोबाइल व्यवसायीहरूको संगठन पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् ।

पोखरामा शनिवार एसोसिएसनको १७ औं साधारणसभा एवं नवौं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ चयन भएका हुन् । एसोसिएनको निवर्तमान अध्यक्ष मोहनबाबु खड्का छन् । त्यसैगरी एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा राघव सिलवाल, उपाध्यक्षमा दीपेन्द्र कोइराला, महासचिवमा शिव श्रेष्ठ, कोषाध्यक्षमा निरन केसी र सचिवमा विनय थापा चयन भएका छन् ।

कार्यसमिति सदस्यमा दीपेन्द्र भण्डारी, छविलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी, मनोज थापा, विष्णु गोयल, सन्ध्या पौडेल र नुरुज बाटाजू निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !