२३ असार २०८१, शनिबार

काेराेना संक्रमित संख्या ६ पुग्याे

प्रकाशित मिति :  2 April, 2020 4:57 pm


काठमाडाैं, २० चैत । 

नेपालमा छौठौं व्यक्तिमा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बागलुङकी एक महिलामा कोरोनाको संक्रमण भएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षण अनुसार नयाँ एक जनामा संक्रमणको पुष्टि भएको जानकारी दिए । नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको उनको भनाई छ ।

उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएको कतार एयरवेजकै क्युआर ६५२ उडानबाट चैत ४ गते नेपाल आएकी थिइन् । सोही जहाजमा आउने तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

अहिलेसम्म घरमै बसेकी संक्रमितलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !