३ आश्विन २०८१, बिहिबार

राम्दी धाममा इलेक्ट्रिक शवदाह र वृद्धाश्रमको निर्माणमा पहल गर्छु: अर्याल

प्रकाशित मिति :  16 November, 2022 1:04 pm


स्याङ्जा । राम्दी धाममा इलेक्ट्रिक शवदाह, व्यवस्थित आधुनिक वृद्धाश्रम लगायतका भौतिक पूर्वधार निर्माणमा पहल गर्ने स्याङ्जा क्षेत्र नम्बर २ काे प्रतिनिधिसभाकी उम्मेदवार पदमा अर्यालले बताएकी छन् । अर्यालले आफूले मन्त्रालयहरू समाल्दा स्याङ्जाका निम्ति विभिन्र कार्य गरेको भन्दै अबको निर्वाचनमा विजय पश्रच्यात राम्दी धामलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले भनिन्, “मैले यस क्षेत्रबाट निर्वाचन जितेपछि एक पालिका एक सामाजिक आश्रम निर्माणमा पहल गर्नेुका साथै सबै पालिकाका प्रमुख बजारमा कालोपत्रे सडक, फुटपाथ, नाली र बगैँचाको व्यवस्थापन गर्नेछु ।

त्यस्तै अर्यालले आफूले मन्त्रालयहरू समाल्दा वालिङ नगरपालिकालाई स्मार्ट सिटी बनाउनको लागि बजेट छुटाए पनि गठबन्धन सरकारले कटौती गरेको दाबी गरेकी छन् । “मैले वालिङको विकासको लागि माथिबाट राम्रो बजेट पठाएकी हुँ । तर पनि यहाँ काम गर्न दिएनन् । त्यसैले आउँदा दिनहरूमा वालिङलाई स्मार्ट सिटी बनाउनको लागि काम गर्नेछु ।’’अर्यालले भनिन् ।

त्यसैगरी अर्यालले विद्युतीकरण गर्न नसक्नेको घरको पहिचान गरी नि:शुल्क विद्युतीकरणको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् । क्षेत्र नं २ को प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट कांग्रेसका धनराज गुरुङ र एमालेका पद्माकुमारी अर्याल लगायतको उम्मेदवारी छ । 



प्रतिक्रिया दिनुहोस !