६ आश्विन २०८१, आइतबार

मतदानको दिन दूध बोक्ने गाडी पनि निर्बाध चल्न पाउने

प्रकाशित मिति :  15 November, 2022 11:39 am


काठमाडौं । आगामी मंसिर ४ गते मतदानको दिन दूध बोक्ने गाडी पनि चल्न पाउने भएका छन् ।

निर्वाचन आयोगले अनुमति नलिएर चल्ने सवारी साधन मध्य दूध बोक्ने सवारी साधनलाई पनि समावेश गरेको हो ।

नेपाल डेरी एसोसिएसनले कात्तिक १५ गते निर्वाचन आयोगलाई पत्र लेख्दै आयोगबाट तोकिएका अत्यावश्यक वस्तु दूध तथा दुग्ध पदार्थ ढुवानीका सवारी साधन बिना रोकतोक चल्न निर्वाचन आयोगबाट प्रकाशित सूचनामा समावेश गरी सहजीकरणका लागि आग्रह गरेको थियो ।

एसोसिएसनले संस्थाबाट पत्रको समेत व्यवस्था गरेको छ । दूध ढुवानी साधन निर्वाध रूपमा आवातजावत गर्न सबै निकायलाई आग्रह गर्दै पत्र लेखेको हो ।



प्रतिक्रिया दिनुहोस !