४ आश्विन २०८१, शुक्रबार

कांग्रेस रोल्पाद्धारा लकडाउनका कारण समस्या परेको भए सम्पर्क गर्न आग्रह (फोन नम्बरसहित)

प्रकाशित मिति :  2 April, 2020 6:43 pm


रोल्पा, २० चैत ।

नेपाली कांग्रेस रोल्पाले लकडाउनको समस्या समस्या परे सम्पर्क गर्न आग्रह गरेको छ ।

जिल्ला सभापति अमरसिंह पुनले आज विज्ञप्ति निकाल्दै लकडाउनका समयमा समस्या परे सम्पर्क गर्न गर्दै रोल्पाका सबै गाँउपालिका तथा जिल्लाका १३ जना नेताको नाम र मोबाईल नम्बर उपलब्ध गराएको हो ।

सभापति पुनले निकालेको विज्ञप्तिमा भनिएको छ,‘यदि कसैलाई लकडाउन अवधिमा केही अत्यावश्यक समस्या पर्न गएमा जिल्लाभित्र र जिल्लाबाहिर रहेका जो कोही रोल्पावासीले सम्पर्क गर्नुहुन नेपाली कांग्रेस रोल्पा हार्दिक अपिल गर्दछ ।’ कांग्रेसले कोरोना भाइरसबाट बच्नका लागि सचेत रहन पनि आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !