३ आश्विन २०८१, बिहिबार

प्रतितोला २०० रुपैयाँले बढ्यो सुन

प्रकाशित मिति :  16 November, 2022 11:02 am


काठमाडौं। नेपाली बजारमा आज बुधवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेर तोलाको ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार ९०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । महासंघको जानकारी अनुसार मंगलबार १३२५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आज बुधवार ३० रुपैयाँले घटेर तोलाको १२९५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !