३ आश्विन २०८१, बिहिबार

आज राति १२ बजे अगावै सामाजिक सञ्जालमा पोष्ट गरेका निर्वाचन प्रचार सामाग्री हटाउन आयोगको निर्देशन

प्रकाशित मिति :  17 November, 2022 10:36 am


काठमाडौं । निर्वाचन आयोगले स्थिर समय सुरु हुनु भन्दा अगावै सामाजिक सञ्जालमा पोष्ट गरिएका निर्वाचन प्रचारप्रसारण सम्बन्धी सामाग्री हटाउन निर्देशन दिएको छ ।

आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यराति १२ बजेसम्म प्रचारप्रसार सम्बन्धि सामाग्री हटाउन राजनितिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको हो ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि स्थिर समय सुरु हुँदैछ । निर्वाचन आयोगले आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने जनाएको छ ।

यो समय मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि शुरु हुन्छ । स्थिर समयदेखि मतदान नसकिएसम्म स्थिर समय कायम रहनेछ । यो समयमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन।



प्रतिक्रिया दिनुहोस !