३ आश्विन २०८१, बिहिबार

चिनियाँ कम्पनी वीवाईडीले गर्यो १३ वर्षमा ३० लाख युनिट उत्पादन तथा बिक्री

प्रकाशित मिति :  18 November, 2022 2:52 pm


काठमाडौं । चिनियाँ कम्पनी वीवाईडीले १३ वर्षमा ३० लाख युनिट उत्पादन तथा बिक्री गरेको छ । कम्पनीले सामाजिक सञ्जालमा आफ्नो कम्पनीको प्रगाति बिवरण राख्दै सुरुको १३ वर्षमा १० लाख युनिट विद्युतीय गाडी बिक्री गरेकाे बताएको छ । वीवाईडीलाई आफ्नो पहिलो १० लाख नयाँ इलेक्ट्रिक गाडीहरू डेलिभर गर्न १३ वर्ष लागेको थियो ।

कम्पनीले वितरण गरेको ३० लाख मोडल भनेको बीवाईडी सिल मोडल हो । तर पछिल्लो १६ महिनामा विद्युतीय गाडी बिक्री दोब्बर भएको छ । यो अवधिमा कम्पनीले २० लाख युनिट गाडी उत्पादन गरेको छ ।

यस्तै पछिल्लो ६ महिनामा १० लाख गाडी बिक्री गरेको छ । सन् १९९५ फेब्रुअरीमा स्थापित भएको उक्त कम्पनीले २०२१ सालमा मात्र ६ लाख भन्दा बढी कारहरु बिक्री गरेको छ ।

कम्पनीले पछिल्लो उत्पादन एटो ३ सार्वजनिक गरेसँगै बजार विस्तारलाई थप प्राथमिकता दिएको हो । कम्पनीले थाइल्याण्डमा समेत विद्युतीय सवारी उत्पादन गर्न जग्गा खरिद समेत गरिसकेको कम्पनीले जनाएको छ । उद्योग सन् २०२४ बाट सुरु हुने छ । यसले वार्षिक १ लाख ५० हजार युनिट क्षमता भएका विद्युतीय सवारी उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

विश्वभर करिब ७० वटा देशहरुमा विवाईडीले बजार विस्तार गरेको छ भने सेप्टेम्बर महिनामा मात्र विश्वभर २ लाख १७ हजार ८१६ यूनिट कार बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !