३ आश्विन २०८१, बिहिबार

तनहुँको पुट्टारमा मतदान सुरु हुन सकेन

प्रकाशित मिति :  20 November, 2022 12:06 pm


काठमाडौं । एमाले कार्यकर्ता पक्राउ परेपछि तनहुँ घिरिङ १ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान सुरू हुन सकेको छैन ।

शनिबार घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा हुँदा दुई जना एमाले कार्यकर्ता पक्राउ परेका थिए । उनीहरूको रिहाइको माग गर्दै मतदान रोकिएको एमाले नेता विष्णुभक्त सिग्देलले बताए ।

उनका अनुसार सत्ताको पहुँच देखाउँदै एमाले कार्यकर्ता मात्र पक्राउ गरियो । उहाँहरूको रिहाइ नभइ मतदान सुरू हुन दिँदैन ।



प्रतिक्रिया दिनुहोस !