स्याङ्जा २ मा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै निर्वाचन आयोगमा उजुरी
स्याङ्जा । स्याङ्जा जिल्लाको क्षेत्र नम्बर २ का चार बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै अन्य उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।
चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको उजुरीमा उल्लेख छ । धाँधली भएको भनी उजुरी परेका बुथ चापाकोट ३, ४ र ५ वडाका हुन् । अनधिकृत रूपमा बुथ कब्जा गरी अन्य दलका प्रतिनिधिहरूलाई जबरजस्त बाहिर निकाएको उजुरीमा उल्लेख छ ।
यस क्षेत्रबाट उम्मेदवार दिएकी अर्यालले उक्त कार्य प्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै उक्त मतदान केन्द्रहरुमा लोकतान्त्रिक मूल्यमान्यता अनुरूप पुनः मतदानको माग गरिरहेको बताएकी छन् ।
स्याङ्जा २ मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ, एमाले केन्द्रीय सचिव पद्मा अर्याल, राप्रपाका लालगोपाल अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ लगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।