‘स्याङ्जाका जनताले स्वतन्त्र रुपमा मतदान गर्न पाएनन्’
स्याङ्जा । स्याङ्जाका जनताहरुले स्वतन्त्र रुपमा मतदान गर्न नपाएको नेकपा एमाले स्याङ्जा क्षेत्र नम्बर २ की उम्मेद्वार पद्मा अर्यालले बताएकी छन् ।
प्रतिनिधि तथा प्रदेशसभा २०७९ निर्वाचनमा भएको धाँधलीका सन्दर्भमा आयोजित सयुक्त पत्रकार सम्मेलनमा अर्यालले आफूहरुले लडेर ल्याएको लोकतन्त्र यस्तो अनैतिक काम गर्ने पार्टीलाई सर्मथन गर्न नल्याएको बताएकी हुन् ।
उनले भनिन्,“हामी स्वच्छ र निष्पक्ष निर्वाचन गर्न खोज्दा कांग्रेसले त्यो खालको निर्वाचन नचाहेको रहेछ । मैले कांग्रेसलाई यै पत्रकार सम्मेलनबाट चुनौति दिन्छु आउनुहोस् मैदानमा पुन: निर्वाचन गरौं दुधको दुध पानीको पानी हुन्छ ।’’ अर्यालले सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्धिको एजेण्डा बोकेको कांग्रेसले बुथ कब्जा गर्नु लोकतन्त्रको धज्जी उडाएको बताएकी छन् ।
निर्वाचन आयोग र प्रशासनले पुनः निर्वाचनको पहल नगरे आन्दोलनमा उत्रने नेकपा एमाले स्याङ्जाले जनाएको छ ।