४ आश्विन २०८१, शुक्रबार

मोरङ क्षेत्र नम्बर ६ को मतगणना सुरु

प्रकाशित मिति :  21 November, 2022 1:53 pm


फाइल फाेटाे

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डित उम्मेदावार रहेको उक्त क्षेत्रको मतगणना केहीबेर अघिदेखि सुरु भएको छ ।

विराटनगरको आदर्श माध्यमिक विद्यालयमा केहीबेरअघिबाट मतगणना सुरु भएको छ । यस क्षेत्रमा सत्ता गठबन्धनबाट डा.कोइराला र एमालेका पण्डितबीच मुख्य प्रतिसप्रर्धा हुने देखिएको छ । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङका अन्य क्षेत्रको मतगणना पनि सुरु जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !