१० मंसिर २०८१, सोमबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज यान्त्रिक परीक्षण उडान

प्रकाशित मिति :  21 November, 2022 2:13 pm


पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान १० बजेदेखि यान्त्रिक परीक्षण उडान हुने भएको छ ।

शनिबार नै पोखरा उत्रेको एरो थाईको विमानले अब एक सातासम्म नयाँ बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्नेछ । यान्त्रिक उडानमा पोखरा विमानस्थलमा जडान गरिएका सबै खाले उपकरणहरुको परीक्षण हुनेछ । मुख्यरुपमा सञ्चार उपकरण, ल्यान्डिङ प्रणाली, नेभिगेसन प्रणालीलगायतका प्रणालीको परीक्षण हुने विमानस्थल स्रोतले जनाएको छ ।

क्यालिब्रेसन फ्लाइटका कारण पोखरामा हुँदै आएका नियमित उडानका तालिका भने अस्तव्यस्त हुने भएको छ । पोखराको रहेको आन्तरिक विमानस्थलबाट हुने गरेका नियमित उडानहरु आजदेखि एक सातासम्म बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसोको साढे २ बजेदेखि साँझको साढे ५ बजेसम्म अवरुद्ध हुने जनाइएको छ । विमानस्थलले त्यस समयमा उडान नगर्न नोटम जारी गरिसकेको छ ।

नयाँ विमानस्थलको अवरोध मानिएको धावनमार्ग अगाडि रहेको रिठ्ठेपानी डाँडो क्यालिब्रेसन फ्लाइटका लागि भनेर १४ मिटर काटेर सम्याइसकिएको छ । जनवरी १ देखि औपचारिक रुपमै उडानको शुरुआत गर्ने गरि विमानस्थलमा तयारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !