४ आश्विन २०८१, शुक्रबार

काठमाडौं –३ मा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस

प्रकाशित मिति :  21 November, 2022 3:13 pm


फाइल फाेटाे

काठमाडौं । काठमाडौं–३ मा नेकपा एमालेले अग्रता लिएको छ । सोमबार दिउँसोसम्म नेकपा एमालेका कृष्ण राइले १०७५ मत सहित अग्रस्थानमा रहेका छन् ।

अहिले ३४२४ मतगणना हुदाँसम्म एमालेका राईले अग्रस्थानमा रहेका छन् भने गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सन्तोष चालिसे १०५८ मत सहित दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २५२ मत पाएका छन् ।

यो निर्वाचन क्षेत्रबाट यसअघि एमालेका कृष्ण राई निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !