४ आश्विन २०८१, शुक्रबार

स्याङ्जा २ का चार मतदान केन्द्रमा पुन: मतदानकाे माग गर्दै वालिङमा प्रर्दशन

प्रकाशित मिति :  21 November, 2022 5:18 pm


स्याङ्जा । स्याङ्जा क्षेत्र नंम्बर २ का ४ मतदान केन्द्रहरुमा पुनः मतदानको माग गर्दै नेकपा एमाले लगायत विभिन्र दलले वालिङमा प्रर्दशन गरेको छ ।

चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथ कब्जा गरी अधिकतम मत खसालेको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका अन्य दल तथा स्वतन्त्र उम्मेदवारले पुनः मतदानको लागि माग गरेका हुन् ।

उनीहरुले जनताको मताधिकार सुनिश्रत गर, बिकाउ अधिकृत मुर्दावाद, निर्वाचन अधिकृत राजिनामा दे लगायतका नारा लगाएर प्रर्दशन गरेका छन् । स्याङ्जा २ मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ, एमाले केन्द्रीय सचिव पद्मा अर्याल, राप्रपाका लाल गोपाल अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ लगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।



प्रतिक्रिया दिनुहोस !