२९ कार्तिक २०८१, बिहिबार

सीके राउत दोब्बर बढी मतले अगाडि

प्रकाशित मिति :  22 November, 2022 9:23 am


जनकपुरधाम । जनमत पार्टीका उम्मेदवार डा. सीके राउत दोब्बर बढी मतले अगाडि बढेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सीकेले दोब्बर बढी मतले पछाडि पारेका हुन् ।

पछिल्लो मतगणना परिणाम अनुसार जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १२ हजार २२५ मत ल्याउँदा यादवले ६ हजार २० मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार ३ सय ४४ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !