२७ पुस २०८१, शनिबार

स्याङ्जा-२ मा पुन: मतदान नभए आन्दोलनमा उत्रिन्छाैँ: अध्यक्ष राना

प्रकाशित मिति :  22 November, 2022 5:06 pm


स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नम्बर २ को मतदानमा कांग्रेसले धाँधली गरेको भन्दै चौर्तफि विरोध भएको छ । चापाकोट नगरपालिकाको चार मतदान केन्द्रमा कांग्रेसले बुथ कब्जा गरेको भन्दै स्याङ्जा अनेरास्वियुका अध्यक्ष सगुन रानाले पुन :निर्वाचन नगरे जिल्लामा रहेको विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

रानाले वालिङको निर्वाचन कार्यालय अगाडि बोल्दै नेपाली कांग्रेसले मरेका मान्छेको नाममा भोट हाल्ने दुरप्रयास गरेको भन्दै कांग्रेसलाई निर्वाचनको लागि चेतावनी दिएका हुन् । उनले भने, “जब जब नेकपा एमालेको जित सुनिश्चित हुन्छ तब तब नेपाली कांग्रेस डराएर मतदान र मतगणनामा नै घोटल गर्छन् । त्यसकारण नेकपा एमालेले अहिलेसम्म विरोध मात्र गरेको छ । हामीले यदि हाम्रो असली रुप देखायौँ भने कांग्रेसले हामीलाई पुन यस्तो दुरप्रयास गर्ने कोसिश गर्ने छैन ।’’

रानाले नेपाली कांग्रेसका धनराज गुरुङ्गले गाउँ गाउँमा भोट माग्न जादाँ कांग्रेसले भ्रष्टचार गर्दैन, विधि र कानुनलाई माथि राखेर हिड्छौँ भन्रेले बुथ कब्जा गर्नु जनतालाई भ्रममा पारेर मत मागेको बताएका छन् ।

नेकपा एमालेले चाहेको भए स्याङ्जाका अधिकांश बुथहरु कब्जा गर्न सक्थ्यो तर नेकपा एमाले विधि र कानुनको पक्षमा रहेको रानाले बताए ।

चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथ कब्जा गरी अधिकतम मत खसालेको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका अन्य दल तथा स्वतन्त्र उम्मेदवारले पुनः मतदानको लागि माग गर्दै आएका छन् भने गठबन्धन भने आफूहरुले बुथ कब्जा जस्तो अनैतिक कार्य नगरेको र मतगणना हुनुपर्छ भन्दै धर्ना बसेका छन् ।



प्रतिक्रिया दिनुहोस !