१२ कार्तिक २०८१, सोमबार

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा साढे ६ हजार मतान्तरले अगाडि

प्रकाशित मिति :  22 November, 2022 5:57 pm


झापा । पछिल्लो मतगणनाअनुसार नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई छ हजार पाँच सय ७३ मतले पछि पारेका छन् ।

नेपाली काँग्रेसका महामन्त्री समेत रहनुभएका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहनुभएका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरे ।

यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।



प्रतिक्रिया दिनुहोस !