१२ कार्तिक २०८१, सोमबार

स्याङ्जा १ मा थापाको अग्रता कायमै

प्रकाशित मिति :  22 November, 2022 7:11 pm


स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापाले अग्रता लिएका छन् । थापाले पाँच हजार २ सय २९ मतसहित अग्रता लिएका हुन् ।

त्यसैगरि ११ हजार तीन सय ९७ मत गणना हुदाँ नेकपा एमालेका नारायण मरासिनीले चार हजार ८६मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले एक हजार १८ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म पुतलीबजार नगरपालिकाको वडा नम्बर १, २, ३, ७, ९, १०, ११, १२ र भीरकोट नगरपालिकाको वडा नम्बर १ को मतगणना सम्पन्र भएको छ ।



प्रतिक्रिया दिनुहोस !