१२ कार्तिक २०८१, सोमबार

डडेलधुरामा देउवा निर्वाचित, सागर ढकालले पाए १३ हजार मत

प्रकाशित मिति :  23 November, 2022 7:14 am


काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट भारी मतान्तरसहित निर्वाचित भएका छन् । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन ।

उनले डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतले हराएका हुन । स्वतन्त्र उम्मेदवार बनेका सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । डडेलधुराबाट उनी सातौ पटक निर्वाचित भएका हुन ।

त्यस्तै नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !