११ कार्तिक २०८१, आइतबार

सर्लाही क्षेत्र नम्बर १ (ख) मा नेकपा एसकी वेची लुंगेली विजयी

प्रकाशित मिति :  23 November, 2022 12:31 pm


सर्लाही । सर्लाही क्षेत्र नम्बर १ (ख) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै लुंगेली विजयी भएकी हुन् ।लुंगेलीले उनले ६ हजार ६९९ मतान्तरले लामालाई पराजित गरेकी हुन् ।

लुंगेलीले १३ हजार ६७६ मत ल्याउँदा लामाले ६ हजार ९७७ मत पाइन् । त्यस्तै स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९४५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।



प्रतिक्रिया दिनुहोस !