११ कार्तिक २०८१, आइतबार

स्याङ्जा २ :हेलिकप्टर दुर्घटनामा ज्यान घुमाएकी किस्मी थापाको नाममा भोट खसालेकाे एमालेको आरोप

प्रकाशित मिति :  23 November, 2022 4:03 pm


स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नम्बर २ को निर्वाचनमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएकी किस्मी थापाको नाममा मतदान गरेको पाइएको छ ।

चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा कांग्रेसले मृत्यु भएका र विदेशमा रहेका नागरिकको नाम समावेश गर्दा जेठ २९ गते तारा एयरमा ज्यान गुमाएकी किस्मी थापाको नाममा मत खसालेको नेकपा एमाले स्याङ्जाले जनाएको छ । योसँगै चापाकोटको ४ मतदान केन्द्रमा मृत्यु भैसकेका ५७ जना र विदेश पुगेका २३० जनाको मत खसेको देखिन्छ ।

जिल्लामा २ लाख ४४ हजार मतदाता मध्ये १ लाख ४१ हजार मतदाताले मतदान गरेका छन् । निर्वाचन आयोगका अनुसार स्याङ्जामा ५७ प्रतिशत मत खसेको छ भने चापाकाेटका त्यी चारवटा मतदान केन्द्रमा ९९ प्रतिशतसम्म मत खसेको पाइएकाे छ ।

त्यसैगरी नेकपा एमाले लगायत अन्य दलहरूले पुन निर्वाचन गर्नुपर्छ भनेर पत्रकार सम्मेलनदेखि आन्दोलन गरेका छन् भने गठबन्धनले छिटो मतगणना होस् भनेर सडकमा धर्ना बसेको छ ।



प्रतिक्रिया दिनुहोस !