२० असार २०८१, बुधबार

पोखरामा कोरोना संक्रमित व्यक्ति नभएको पुष्टि, केन्द्र र प्रदेशबीच तालमेल नमिल्दा गलत सूचना बाहिरियो

प्रकाशित मिति :  3 April, 2020 5:26 pm


काठमाडाैं, २१ चैत ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा कोरोना भाइरसको संक्रमित व्यक्ति नभेटिएको पुष्टि गरेको छ ।

यसअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएको नमुनामा संक्रमित व्यक्ति भेटिएको समाचार सार्वजनिक भएको थियो । तर,स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रष्ट नभनेपनि पोखरामा पोजेटिभ भेटिएको केश काठमाण्डौंमा नेगेटिभ भएको घुमाउरो ढंगले उल्लेख गरेका छन् ।

उनको भनाईमा पोखरामा स्थापना भएको प्रयोगशाला अझै पूर्ण भईसकेको छैन । उनले भने,‘हालसम्म पोखराको कुनैपनि पोजेटिभ केश    छैन । यो अलिकति के हुँदो रहेछ भन्दा अहिले हामीले प्रदेशमा विस्तार गरेयौं । त्यसमा मेसिनहरु गएको छ । रि-एजेन्टहरु गएको छ । त्यो मेसिनको भ्यालिडिएशनको कुराहरु आउँछ । केही कुराहरु प्रष्ट रुपमा गर्नुपर्ने हुन्छ ।’

उनले सुरुमा प्रयोगशाला ठिक छ की छैन भनेर स्थापना गरिएको नयाँ प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दाहोरो परीक्षण हुने स्पष्ट पारे । उनले भने,‘प्रदेशमा पनि परीक्षण हुने अनि केन्द्रमा पनि हुँने भनेर दोहोरो भयो भन्नेकुरा पनि उठ्यो त्यो होईन । सुरुमा प्रमाणिकरणका लागि त कुनै शंका लागेको केश जाँच गरिन्छ नै ।’

कास्कीमा भारतबाट आएका व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको समाचार गण्डकी प्रदेश सरकार र प्रयोगशाला स्रोतबाटै बाहिरिएको थियो । गण्डकी प्रदेश सरकार आधिकारिक वेभसाईटमा कोराना भाइरसबारेको तथ्याङ्कमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन सकिएपछि पनि संक्रमितको संख्या ७ उल्लेख छ,  जुन पछि हटाइएको छ ।

गण्डकी प्रदेश सरकारको आधिकारिक वेबसाईटमा रहेको कोरोना सम्बन्धि तथ्याङ्क
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक वेबसाईटमा रहेको कोरोना सम्बन्धि तथ्याङ्क

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पनि केन्द्रले घोषणा गर्ने नै आधिकारिक हुने उल्लेख गरेका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्,‘ मिडियाका साथीहरुलाई हतार नगर्न र जे हो त्यही समाचार सम्प्रेशण गर्न अनुरोध छ । कास्कीमा कोरोना संक्रमितको अहिलेसम्म पुष्टि भइसकेको छैन । पोखरामा परीक्षण भएका सबै परीक्षणको केन्द्रीय प्रयोगशालाले पुष्टि गरेपछि मात्र केन्द्रीय प्रवक्ताबाट घोषणा हुने छ ।’ यसले गण्डकी प्रदेश सरकार, प्रदेशस्तरीय प्रयोगशाला र केन्द्रबीच तालमेल नमिल्दा गलत जानकारी बाहिरिएको देखिएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको स्टाटस्



प्रतिक्रिया दिनुहोस !