३ आश्विन २०८१, बिहिबार

नप्सेमा सामान्य गिरावट, कारोबार रकम भने १ अर्ब रुपैयाँ माथि

प्रकाशित मिति :  23 November, 2022 3:55 pm


काठमाडौं । साताको कारोबारको दोस्रो दिन बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ७ अंकले घट्दा कारोबार रकम भने १ अर्ब माथि नै पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९बुधबार० सेयर कारोबार मापक नेप्से परिसूचक ७.७२ अंकले घटेर १९२१.९९अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.७० अंकले घटेर ३७७.९० अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहको सेयर बढेको छ । बाँकी ११ वटा उपसमूह घटेको छ ।

त्यसैगरी, बुधबार कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको १२ करोड ७७ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सिभिल बैंक लिमिटेड र घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यस दिन स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बैंकको सेयरमूल्य ४.७८ प्रतिशतले घटेर ४ सय १८ रूपैयाँमा झरेको छ ।

कूल २२३ वटा कम्पनीको २८ लाख ३९ हजार ३ सय ७३ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २ करोड २२ लाख ९३ हजार ५ सय ५२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !