११ कार्तिक २०८१, आइतबार

राेल्पामा कांग्रेस लुम्बिनी प्रदेश सभापति पुन पराजित, स्वतन्त्र उम्मेदवार सिजल विजयी

प्रकाशित मिति :  23 November, 2022 6:15 pm


रोल्पा । रोल्पा प्रदेश सभा (ख) मा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पराजित भएका छन् ।

गठबन्धनका उम्मेदवार रहेका पुनलाई माओवादी केन्द्रको पोलिटब्युरो सदस्यबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्रकुमार पुन ‘सिजल’ ले पराजित गरेका हुन् ।

अन्तिम मत परिणाम अनुसार सिजलले १४,९२७ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्द्धी पुनले १०,४०६ मत प्राप्त गरे । गठबन्धनले पुनलाई उम्मेदवार बनाएपछि सिजलले माओवादी केन्द्रको सबै जिम्मेवारीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

पुन २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !