११ कार्तिक २०८१, आइतबार

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन बिजयी

प्रकाशित मिति :  24 November, 2022 7:13 am


उमा केसी-
रोल्पा । रोल्पा जिल्लामा मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार प्रतिनिधि सभा र प्रदेश सभामा १ मा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले ४१ हजार ७१४ मत लिई विजयी भएका छन् । पुनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले १६ हजार ४८५ मत प्राप्त गर्नु भएको छ ।

यसैगरि प्रदेश सभा क मा नेकपा माओवादीका जोख बहादुर महराले १९ हजार ४२५ मत लिई विजयी भएका छन् । महराका निकटतम प्रतिस्पर्र्धी नेकपा एमालेका उम्मेदवार कमल बहादुर वुढाथोकीले ५ हजार ४०५ मत प्राप्त गरे ।

महराले १४ हजार २० मतको अन्तरले बुढाथोकीलाई पराजीत गरेका हुन् । प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका बागी स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार पुनले १४ हजार ९२७ मत लिई विजयी भएका छन् भने पुनका निकटतम प्रतिस्पर्र्धीको रुपमा रहेका गठबन्धनका उम्मेदवार अमरसिह पुनले १० हजार ४०६ मत प्राप्त गरेका छन् ।

एमालेका प्रेम बहादुर घर्तीले ८ हजार ८०३ मत ल्याएका छन् । एक लाख ४५ हजार ४७१ मतदाता रहेको रोल्पामा ६७ हजार ४३७ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस !