११ कार्तिक २०८१, आइतबार

रुपन्देही ५ मा एमालेका बासुदेव घिमिरे विजयी

प्रकाशित मिति :  24 November, 2022 7:38 am


रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनल नेपाली कांग्रेसका भरत कुमार शाहलाई हराएका छन् ।

घिमिरेले ९ हजार ७०२ मतको अन्तरले शाहलाई हराएका हुन् । उनले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरेका छन् ।

शाह यस क्षेत्रबाट तीक पटकसम्म निर्वाचित भइ सांसद बनेका थिए । घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व मेयर हुन ।



प्रतिक्रिया दिनुहोस !