४ आश्विन २०८१, शुक्रबार

तनहुँ १ बाट रामचन्द्र पौडेल निर्वाचित

प्रकाशित मिति :  24 November, 2022 10:26 am


तनहुँ । तनहुँ १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेले २५ हजार ३१८ मत ल्‍याएर तनहुँ १ बाट निर्वाचित भएका हुन् । पौडेलले नेकपा एमालेका एकबहादुर रानालाई हराएका हुन ।

पौडेलले नेकपा एमालेका एकबहादुर रानालाई ५ हजार ३७५ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । रानाले १९ हजार ९४३ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस !