११ कार्तिक २०८१, आइतबार

नेकपा एमालेलाई कारवाही गर्न नेपाली कांग्रेस स्याङ्जाको निवेदन

प्रकाशित मिति :  24 November, 2022 2:54 pm


स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा एमालेले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो रेकर्ड चापाकोट नगरपालिका भित्रको नभई पूर्णतया झुट र बदनियतपूर्ण भएको भन्दै नेपाली काँग्रेसले कारवाही गर्न निवेदन दिएको छ ।

नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ का सचिव फणिनारायण रेग्मीले निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ क्षेत्र नं २ स्याङ्जामा निवदेन दिँदै नेपाली काँग्रेसलाई बदनाम गर्ने मनसायबाट आएको भिडियो जफत गरी निर्वाचन कसुर र सजाय ऐन अन्तर्गत दोषी उपर कडाभन्दा कडा कारवाही गरी पाऊँ भनी निवेदन दिएका छन् ।

चापाकोट नगरपालिकाका चार वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमाले लगायत अन्य दलहरुले पुन: निर्वाचनकाे माग राख्दै आन्दोलन गरेका छन् भने नेपाली कांग्रेस मतगणना छिटो हुनुपर्छ भनेर निर्वाचन कार्यालय अगाडि धर्ना बसेका छ ।



प्रतिक्रिया दिनुहोस !