३ आश्विन २०८१, बिहिबार

इम्बोस्ड नम्बर प्लेट जडानको सुविधा तीन दिनका लागि बन्द

प्रकाशित मिति :  24 November, 2022 2:56 pm


काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडानको सुविधा तीन दिनका लागि बन्द गर्ने भएको छ ।

विभागले विहिवार एक सूचना जारी गर्दै सर्भरमा विद्युत आपूर्ति प्रणाली (युपीएस) मर्मत गर्नुपर्ने भन्दै मंसिर ९ देखि ११ गतेसम्म इम्बोस्ड नम्बर प्लेट जडान सुविधा बन्द हुने जानकारी दिएको हो ।

यसका साथै यातायात कार्यालयबाट प्रदान गरिने सेवाहरु समेत यो अवधिभर अवरुद्ध हुने विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !