११ कार्तिक २०८१, आइतबार

खोटाङमा एमालेका पूर्व प्रमुख सचेतक भट्टराईलाई पराजित गर्दै माओवादीका राई विजयी

प्रकाशित मिति :  24 November, 2022 2:57 pm


खोटाङ । एमालेका पोलिटब्युरो सदस्य तथा एमालेका पूर्व प्रमुख सचेतक विशाल भट्टराईलाई हराउँदै खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का रामकुमार राई विजयी भएका छन् ।

२ हजार ६ सय ६९ को मतान्तरले पराजित गर्दै सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका राई निर्वाचित भएका हुन् ।

बिहीबार सकिएको मतगणनामा माओवादी केन्द्रका राईले ३१ हजार ३ सय ५१ मत ल्याए । एमालेका भट्टराईले २८ हजार ६ सय ८२ मत प्राप्त गरे।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका भट्टराई खोटाङबाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !