४ आश्विन २०८१, शुक्रबार

रुकुम पश्चिममा अर्थमन्त्री जनार्दन शर्मा विजयी

प्रकाशित मिति :  25 November, 2022 7:40 am


काठमाडौं । रुकुम पश्चिमबाट अर्थमन्त्री जनार्दन शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका नेता शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गरेका हुन् ।

शर्माले ३९ हजार पाँच सय ४९ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार नौ सय ६१ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपककुमार मल्लले सात सय ९६, मङ्गोल नेशनल अर्गनाइजेशनका उम्मेदवार हरिबहादुर पुनले दुई सय आठ र स्वतन्त्र उम्मेदवार तारक केसीले तीन हजार पाँच सय ६७ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !