११ कार्तिक २०८१, आइतबार

स्याङ्जा १ मा नेपाली कांग्रेसका राजु थापा विजयी

प्रकाशित मिति :  25 November, 2022 3:15 pm


स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार नारायण मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गरे ।

थापाले ३१ हजार ९ सय ९९ पाउँदा मरासिनीले २८ हजार ७ सय ४४ र राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले ६ हजार ६५ मत पाए । यसअघि २०७४ सालमा यस क्षेत्रबाट नेकपा एमालेका नारायण मरासिनी निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !