११ कार्तिक २०८१, आइतबार

पुनः मतगणना नभए निर्वाचनको नतिजा स्वीकार्य छैन : राना

प्रकाशित मिति :  25 November, 2022 3:42 pm


नेपाली काँग्रेसका नेता एवं स्याङ्जा क्षेत्र न १ (ख) प्रदेशसभा सदस्य पदका उम्मेदवार बुद्धिबहादुर राना (कुमार) ले निर्वाचनको नतिजा स्वीकार्य नभएको बताएका छन् ।

उनले मतगणना गर्ने क्रममा ८ मत हराएको भन्दै पुनः मतगणना गरेर मात्रै नतिजा सार्वजनिक गर्नुपर्ने बताए ।

भर्खरै सकिएको मतपरिणामअनुसार नेकपा (एमाले) का सुधिर पौडेल निर्वाचित भएका थिए । उनले नेपाली काँग्रेसका बुद्धिबहादुर राना (कुमार) लाई ६ मतान्तरले पराजित गरेका थिए ।

रानाले १७ हजार ४ सय ३५ मत प्राप्त गर्दा पौडेलले १७ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् । यद्यपी निर्वाचन कार्यालयले विजयी भएको औपचारिक घोषणा भनि गरिसकेको छैन् ।



प्रतिक्रिया दिनुहोस !