४ आश्विन २०८१, शुक्रबार

भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो

प्रकाशित मिति :  27 November, 2022 8:10 am


भक्तपुर । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ।

प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो दल बनेको छ।

त्यसैगरी नेकपा (एमाले) दोस्रो ठूलो दल बन्दा नेपाली कांग्रेस भने तेस्रो ठूलो दल बनेका छन्। प्रतिनिधिसभाका दुई वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा नेमकिपाले १ नं. क्षेत्रबाट ३२ हजार ९०४ र क्षेत्र नं २ बाट सात हजार ८६३ मत प्राप्त गर्दै कुल ४० हजार ७६७ मतका साथ पहिलो दल बनेको हो।

नेमकिपाले क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा १ (२)को सदस्यमा विजय हासिल गरेको थियो। यस्तै प्रदेशसभामा एक सदस्य जितेको नेकपा (एमाले) ले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरेको छ। एमालेले क्षेत्र नं. १ बाट आठ हजार १९४ र क्षेत्र नं. २ बाट १७ हजार ८७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताए।

त्यसैगरी कांग्रेसले २३ हजार ७६९ र रास्वपाले २३ हजार ६ मत ल्याई क्रमशः तेस्रो र चौंथो दल बनेका छन्। कांग्रेसले क्षेत्र नं. १ बाट आठ हजार ८७५ र क्षेत्र नं. २ बाट १४ हजार ८९४ मत प्राप्त गरेको बिसीले बताए।

रास्वपाले क्षेत्र नं. १ बाट ११ हजार ११० र क्षेत्र नं. २ बाट ११ हजार ८९६ मत प्राप्त गरेको छ। यस्तै राप्रपाले ११ हजार ३९२ मत प्राप्त गरेको छ। राप्रपाले क्षेत्र नं. १ बाट पाँच हजार ९०३ र क्षेत्र नं. २ बाट पाँच हजार ४८९ मत प्राप्त गरेको छ।

नेकपा (माओवादी केन्द्र)ले क्षेत्र नं। १ बाट एक हजार ३६७ र क्षेत्र नं। २ बाट पाँच हजार ४८९ सहित कुल ४ हजार ९८ मत प्राप्त गरेको छ भने नेकपा (एकिकृत समाजवादी)ले दुई हजार १५२ मत प्राप्त गरेको छ।रासस



प्रतिक्रिया दिनुहोस !