२० असार २०८१, बुधबार

कपिलवस्तुमा आगलागीबाट पुरैै गाँउ सखाप, सबै घर खरानी भएपछि बल्ल पुग्यो दमकल

प्रकाशित मिति :  3 April, 2020 9:07 pm


फोटो : सामाजिक सञ्जाल

कपिलवस्तु, २१ चैत ।

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर गोठ जलेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बनाउन लाग्दा सुरु भएको आगोले पुरै गाँउ सखाप पारेको हो ।

आगोबाट कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।  आगलागीबाट झण्डै एक करोड रुपैयाँको नोक्सान भएको प्रारम्भिक अनुमान छ । अग्निपीडतको क्षति विवरण प्रहरीले संकलन गरिरहेको छ ।

अग्निपीडितहरुको राहतका लागि विजयनगर गाउँपालिकाले व्यवस्थापन गरिरहेको वडा नंं १ का वडाध्यक्ष इन्दर थारुले जानकारी दिए ।
कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकाले तौलिहवाको दमकल आउन ढिलाइ हुँदा पुरै गाँउ जलेको थियो । पूरै गाउँ खरानी भएपछि तौलिहवाको दमकल गुगौली पुगेको पिडितले गुनासो गरे ।



प्रतिक्रिया दिनुहोस !