४ आश्विन २०८१, शुक्रबार

मापसे गरी स्कुल बस चलाउने सहित १८ जना चालक कारवाहीमा

प्रकाशित मिति :  28 November, 2022 12:43 pm


काठमाडौं । काठमाडौंमा आइतबार भएको स्कुल बस चेकिङमा १८ जना स्कुल बसका चालक कारवाहीमा परेका छन्। बिहान साढे ५ बजे देखी साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरी सवारी साधन चलाउँदै गरेका १ जना चालक सहित १८ जनालाई कारवाही गरिएको छ।

इपिएस कलेज मीनभवनको बा २ ख २६३६ नम्बरको बसका चालक विकास तामाङलाई मापसेको कसुरमा ट्राफिक प्रहरीले कारवाही गरेको छ। मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारवाही गरेकाे कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गतेदेखि स्कुल बस चेक जाँच गर्ने अभियान संचालन गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस !